शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्काको जग्गा नामसारी गर्ने १० जना पक्राउ, वडाध्यक्षसहित ६ जना फरार

अर्काको जग्गा नामसारी गर्ने १० जना पक्राउ, वडाध्यक्षसहित ६ जना फरार

झापामा सरकारी कागजात किर्ते गरी ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं- झापामा सरकारी कागजात किर्ते गरी ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन्।

झापाको बिर्तामोड नगरपालिका–१ का टुंगबहादुर  बस्नेतको नाममा रहेको जग्गा १० जना भू–माफियाको गिरोहले अरुको नाममा नामसारी गरेको पाइएपछि प्रहरीले  उनीहरुलाई पक्राउ गरेको हो।

भइसकेका टुंगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.१३ धुर जग्गा बिक्री गर्न नक्कली नागरिकता बनाई बिर्तामोड नगरपालिका–२ चैतुबारीका मंगलसिंह राजवंशीको नाममा वारेसनामा बनाएर बिर्तामोड–४ कि रन्जु राईको नाममा पास गरेको थियो।

पक्राउ पर्नेहरुमाथि प्रहरीले ठगी गरेको, सरकारी दस्तखत र छाप किर्ते गरेको कसुरमा मुद्दा चलाएको छ। घटनामा झापा गौरादह वडा नम्बर १ का अध्यक्ष बलराम खनालसमेत संलग्न रहेको प्रहरीले जनाएको छ।
खानाललाई किर्ते कागजात तयार गरेको र अनधिकृत वारेसनामा गर्ने कार्यमा जिल्ला अदालत काठमाडौंसम्म आई समन्वयात्मक भूमिका खेलेको आरोप लागेको छ।

पक्राउ पर्नेहरुमा मंगलसिंह राजवंशी, नवीन कोइराला, लिलाधर राजवंशी, बलराम विश्वकर्मा, भुपदेव कटवाल, लेखनाथ खनाल, गोविन्द वान्तवा, देवी प्रसाद पाण्डे, रञ्जु  राई र राजन विश्वकर्मा छन्। कागजात किर्ते गरी जग्गा दलाली गरेको खबर बाहिरिएपछि वडाध्यक्ष खनालसहित ६ जना फरार भएका छन्।

फरार हुनेहरुमा वडाध्यक्षसहित भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाका अधिकृत चेतन अधिकारी, मालपोतका तात्कालीन नायब सुब्बा हरि तिवारी, ओखलढुंगा चिशंखुगढी गाउँपालिका–७ का बेग प्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङ–११ का देवबहादुर विष्ट र भद्रपुर–७ का प्रकाश कार्की रहेका छन्।

प्रकाशित: Apr 22, 2021| 09:04 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।