शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल समूहको जबाफ– ओली गतिविधि कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रकृतिका छन्

नेपाल समूहको जबाफ– ओली गतिविधि कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रकृतिका छन्

एमाले माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका सबै कदम विधानविपरीत रहेको जबाफ दिएको छ। 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– एमाले माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका सबै कदम विधानविपरीत रहेको जबाफ दिएको छ। 

ओलीलाई बुझाएको जबाफमा लेखिएको छ, ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदम पार्टी विधानविपरीत त छन् नै, सो भन्दा पनि वढी नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका छन्।’ 

स्पष्टीकरणमा ओलीलाई सबै प्रक्रिया अविलम्ब रोकी पार्टीलाई एकताबद्ध गर्न आवश्यक पहल गर्नसमेत आह्वान गरिएको छ। जबाफमा उल्लेख छ, ‘अन्यथा यसले निम्त्याउने दुष्परिणमको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्नेछ।’ 

नेपालसहित २७ जना सांसदले संसदीय दलको कार्यालयमा स्पष्टीकरण दर्ता गराएका छन्। 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोधेका थिए।

एमाले प्रमुख सचेत विशाल भट्टराईले कतिपय नेताहरुले स्पष्टीकरण बुझाएको जानकारी दिए। उनले भने, ‘केही नेताहरुले संसदीय दलमा स्पष्टीकरण दर्ता गराइसक्नुभएको छ भने केहीले इमेलबाट पनि पठाउनुभएको छ।’ 

ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दोस्रो पल्ट स्पष्टीकरण सोधेका थिए।

नेता सुरेन्द्र पाण्डेले पेस गरेको जबाफ

प्रकाशित: Apr 22, 2021| 08:03 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।