शुक्रबार, भदौ १२, २०८३

माधव नेपालसहित २७ नेताले बुझाए स्पष्टीकरण

नेकपा एमाले माधवकुमार नेपालसहित २७ जना सांसदले संसदीय दलको कार्यालयमा स्पष्टीकरण दर्ता गराएका छन्।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– नेकपा एमाले माधवकुमार नेपालसहित २७ जना सांसदले संसदीय दलको कार्यालयमा स्पष्टीकरण दर्ता गराएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जबाफ बिहीबार संसदीय दलको कार्यालमा दर्ता गरिएको नेपालको स्वकीय सचिवालयले जनाएको छ। 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित २७ नेताहरुलाई स्पष्टीकरण सोधेका थिए। ओलीकाे स्पष्टीकरणमा छुट्टै राजनीतिक दल गठन गरेकाले कारबाही किन गर्ने भन्ने छ।

एमाले प्रमुख सचेत विशाल भट्टराईले पनि नेताहरुले स्पष्टीकरण बुझाएको जानकारी दिए। उनले भने, ‘केही नेताहरुले संसदीय दलमा स्पष्टीकरण दर्ता गराइसक्नुभएको छ भने केहीले इमेलबाट पनि पठाउनुभएको छ।’ 

ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दोस्रो पल्ट स्पष्टीकरण सोधेका थिए।

नेपालसहितका केही नेतालाई दुई दिनभित्र र सांसदलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै वैशाख ६ गतेको मिति राखेर मंगलबार स्पष्टीकरण पठाइएको थियो। 

प्रकाशित: Apr 22, 2021| 07:43 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।