शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र नेपालबीच आज पनि छलफल हुँदै, वार्ता हाेला त सकारात्मक?

ओली र नेपालबीच आज पनि छलफल हुँदै, वार्ता हाेला त सकारात्मक?

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दिउँसो २ बजे छलफल हुने भएको छ। 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दिउँसो २ बजे छलफल हुने भएको छ। 

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडका अनुसार  नक्सालस्थित होटल मेरियटमा पुनः छलफल हुन लागेको हो। बुधबार पनि उनीहरूबीच छलफल भएको थियो। 

विधानविपरीत ओलीले पार्टी कब्जा गरेको आरोप नेपाल पक्षले लगाउँदै आएको छ। नेपाल पक्षमाथि भने पार्टी विभाजन गर्ने उद्देश्यले काम गर्न थालेको आरोप ओली पक्षले लगाउँदै आएको छ। 

लामो समयको रस्साकस्सीपछि भएको ओली र नेपालबीचको वार्तालाई महत्त्वका साथ हेरिएको छ।

प्रकाशित: Apr 22, 2021| 07:12 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।