शुक्रबार, भदौ १२, २०८३

युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ

युरोप पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं - युरोप पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।

भिजिट भिसामा युरोपका विभिन्न देश पठाइदिने भन्दै  १९ लाख ४७ हजार रूपैयाँ ठगी गरेका काठमाडौं महानगरपालिका–१६, नयाँबजार बस्ने चितवन राप्ती नगरपालिका–३ का ३६ वर्षीय भरतप्रसाद राईलाई प्रहरीले  पक्राउ गरेको हो।

प्रहरीका अनुसार ग्रायान्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक राईले पोर्चुगल, लाटभियालगायतका अन्य देश पठाइदिने भन्दै प्रतिव्यक्ति १० लाख लाग्ने गरी ६ जनाबाट १९ लाख ४७ हजार रूपैयाँ ठगी गरेका थिए।

युरोप पठाइदिने भन्दै ठगी गरेर फरार भएको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखा  मीनभवनबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो।

आवश्यक कारबाहीका लागि राईलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

प्रकाशित: Apr 22, 2021| 07:02 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।