काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) को थापाथलीस्थित पार्टी मुख्यालय उद्घाटन गरिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले बिहीबार कार्यालय उद्घाटन गरेका हुन्।
यसअघि धुम्बाराहीमा रहेको कार्यालय थापाथली हाइटमा सारिएको हो। अब पार्टी कार्यालय रहने घर व्यवसायी सञ्जय अग्रवालको हो।
धुम्बाराहीमा साँघुरो भइरहेको र हाइवेबाट नजिकै भएकोले होहल्ला हुने भन्दै कार्यालय थापाथली सारिएको हो।
घरधनीसँग ५ वर्षका लागि सम्झौता गरिएको छ। तर, भाडा रकम भने खुलाइएको छैन।
सय वटाभन्दा गाडी अटाउन सक्ने ४ रोपनीमा बनेको भवनमा सबै सुविधायुक्त छ।