कैलाली - कैलालीमा सिकार खेल्ने क्रममा बन्दुक पड्केर एकजना घाइते भएका छन्। गौरीगंगा नगरपालिकास्थित शिवशंकर सामुदायिक वनमा भरुवा बन्दुक पड्केर वडा नम्बर ९ शंकरपुरका ईन्द्रबहादुर बिक घाइते भएका छन्।
घाइते विकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए।
सँगै सिकार खेल्न गएका वडा नम्बर ९ मौलियाका वीरबहादुर थापामगर पक्राउ परेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए। थापामगरको साथबाट दुई थान बारबोर बन्दुक बरामद भएको उनको भनाइ छ।
थापामगरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।