शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपद्रो गर्दा पनि सम्झाइबुझाइ गर्ने प्रयासमा छौं, अब पार्टीमा अराजकता चल्दैन : प्रधानमन्त्री ओली

उपद्रो गर्दा पनि सम्झाइबुझाइ गर्ने प्रयासमा छौं, अब पार्टीमा अराजकता चल्दैन : प्रधानमन्त्री ओली

‘यति उपद्रो गर्दा पनि हामी सम्झाइबुझाइ गर्ने प्रयासमा छौं, भरसक पार्टीमा क्षति नहोस् भन्नेमा छौं,’ उनी भन्छन्, ‘पार्टीमा गुट, अराजकता, अनुशासनहीनता चल्दैन, अब त्यससँग सम्झौता पनि गर्न सक्दैनौं।’ 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूमाथि संगठित हमला भएको बताएका छन्। 

आज बल्खुस्थित पार्टी कार्यालय भवनको शिलान्यास गर्दै ओलीले त्यस हमलालाई असफल पारेको बताएका हुन्। 

‘संगठित हमलाको सिलसिला कति निर्मम थियो, साधारण सदस्यसमेत नरहने गरी तथाकथित कारबाही गरियो,’ उनले भने, ‘सडकबाटै उद्घोष गरियो, केपी ओलीलाई सिध्याइयो।’

संसदीय इतिहासमा यति साह्रो अराजक कतै नदेखिएको भन्दै उनले भने, ‘हामीलाई पार्टीविहीन अवस्थामा लान खोजिएको थियो, त्यसलाई असफल पारियो।’

एमाले अध्यक्षसमेत रहेका ओलीले आन्दोलन ध्वस्त पार्ने निकृष्ट प्रयास भएको बताए। ‘त्यस्तो स्थितिलाई पार गरेर आएका छौं, हाम्रो पार्टी कब्जा गर्ने, हामीलाई माटामा मिलाइदिने भन्ने थियो,’ उनले भने, ‘पार्टीका नाउमा पार्टी भित्रैबाट प्रहार गर्ने काम भए।’ 

माधव नेपाललाई लक्षित गर्दै ओलीले ‘फ्लोर क्रस’ गरेर कम्युनिष्ट पार्टीलाई कमजोर पारेकोमा गर्व गर्ने प्रवृत्तिविरुद्ध आफूहरू जुधिरहेको बताए। 

‘यति उपद्रो गर्दा पनि हामी सम्झाइबुझाइ गर्ने प्रयासमा छौं, भरसक पार्टीमा क्षति नहोस् भन्नेमा छौं,’ उनी भन्छन्, ‘पार्टीमा गुट, अराजकता, अनुशासनहीनता चल्दैन, अब त्यससँग सम्झौता पनि गर्न सक्दैनौं।’

प्रकाशित: Apr 22, 2021| 04:33 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।