शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालसँगको वार्तापछि आफूनिकट नेताहरूसँग ओलीले गरे छलफल

नेपालसँगको वार्तापछि आफूनिकट नेताहरूसँग ओलीले गरे छलफल

पार्टीमा देखिएको विवाद समाधान बारे असन्तुष्ट नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले  आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं - पार्टीमा देखिएको विवाद समाधान बारे असन्तुष्ट नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले  आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए।

ओली र नेपालबीच बुधबार साँझ भएको वार्तामा के भयो भन्ने यकिन विषय सार्वजनिक भएको छैन। तर, नेपालसितको छ्लफल लगत्तै बालुवाटार पुगेर ओलीले आफू निकटका नेताहरूसँग छ्लफल गरेका हुन्। छ्लफलमा सहभागी एक नेताले नेपालसँगको वार्ताबारे अध्यक्ष ओलीले जानकारी दिएको बताएका थिए।

उच्च स्रोतका अनुसार नेता नेपालले पनि आफू निकट केही नेताहरूलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्षसँगको वार्ताका बारेमा जानकारी गराएका थिए। तर, ओली र नेता नेपालबिच दुई घन्टा लामो वार्तामा के-के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। वार्ता सकेर निस्किँदा दुवै नेता प्रफुल्ल मुद्रामा देखिएका थिए।

प्रकाशित: Apr 22, 2021| 01:19 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।