शुक्रबार, भदौ १२, २०८३

कोइरालाको ‘न्यूरोडका झाँकी’ विमोचित

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्‍याउन आवश्यक रहेको बताए।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं - वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्‍याउन आवश्यक रहेको बताए। उनले नेपाली साहित्य उत्कृष्ट हुँदाहुँदै पनि ओझेलमा पर्नुको पछाडि अन्तर्राष्ट्रिय पाठकसमक्ष पुग्न नसकेर हो भने।

लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा स्थापित लोक साहित्य भवनमा आज आयोजित साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाको नवीनतम् कथासङ्ग्रह ‘न्यूरोडका झाँकी’को विमोचन समारोहमा उनले सो कुरा बताएका हुन्। 

नेपाली कथा साहित्यको ढिलोगरी विकास भएको भए पनि पछिल्लो चरणमा आएर कथाका क्षेत्रमा उल्लेख्य उन्नति भएको भन्दै जोशीले कोइरालाको ‘न्यूरोडका झाँकी’ भित्रका कथामा परिवर्तित समाज र परिवेशका कथा भएको बताए।

उक्त समारोहमा कथामाथि समीक्षात्मक टिप्पणी व्यक्त गर्दै प्रा. डा. कुमारप्रसाद कोइरालाले कथालेखनमा थोरै मात्र कथाकारले पात्रको चरित्र चित्रणमा केन्द्रित भएर कथा लेख्ने गरेको पाइएकोमा तुलसीहरिका कथामा यो विशेषता प्रखर भएर आएको बताए। ग्रामीण परिवेश, मधेश र काठमाडौंका त्रि–परिवेशीय पात्रलाई टिपेर कथा सिर्जना गरिएकाले पाठकप्रिय कथासङ्ग्रह आएको उनले उल्लेख गरे। 

दुई सत्रमा आयोजित उक्त समारोहको पहिलो सत्रमा प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष जोशीले लघुकथा समाजद्वारा स्थापित ‘बाटुली–खिलध्वज लघुकथा सम्मान, २०७७’ लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गरेको थियो। उक्त सम्मानमा सम्मान–पत्रसहित नगद १५ हजार राशि रहेको थियो। 

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्व ध्रुव मधिकर्मी, पुरस्कार गुठीका तर्फबाट सानुभाई पण्डित र साहित्यकार मणि लोहनीले पनि बोलेका थिए। शिखा बुक्सद्वारा प्रकाशित ‘न्यूरोडका झाँकी’मा १९ वटा कथा सङ्गृहीत छन्।

प्रकाशित: Apr 22, 2021| 00:56 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।