शुक्रबार, भदौ १२, २०८३

गण्डकीमा संक्रमित थपिए, पूर्वाधार र उपकरण थपिएन

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको ताजा तथ्यांकअनुसार बुधवार साँझसम्म प्रदेशमा ६२४ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

पोखरा- गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको ताजा तथ्यांकअनुसार बुधवार साँझसम्म प्रदेशमा ६२४ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

तर तीमध्ये आधा मात्रै पनि संक्रमितलाई कोरोनाको गम्भीर लक्षण देखियो भने व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ। तथ्यांकअनुसार यस प्रदेशमा २४३ वटा आईसीयु बेड छन्। तीमध्ये ४४ वटा आईसीयु बेड प्रयोग भइरहेका छन्। त्यस्तै ६७ वटा भेन्टिलेटर उपलब्ध छन्। 

गण्डकीमा जसरी संक्रमणको दर बढिरहेको छ, त्यसअनुसार पूुर्वाधार भने बढाइएको छैन। मंगलबारदेखि २४ घण्टामामात्रै बागलुङ् क्षेत्रमा ४८ जनामा कोरोना पुष्टि भयो। स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले उनीहरु सबै होम आइसोलेसनमा रहेको नेपाल समयलाई जानकारी दिए। उनका अनुसार धौलागिरी अस्पतालमा कोभिडका बिरामी राख्नको लागि २५ वटा मात्रै शय्याको व्यवस्था छ। 

बागलुङकै सन्दर्भमा कुरा गर्ने हो भने पछिल्लो २४ घण्टामा कोरोना पोजेटिभ देखिएकामध्ये आधालाई मात्रै गम्भीर लक्षण देखियो भने स्वास्थ्य कार्यालय बागलुङलाई व्यवस्थापन गर्न गाह्रो पर्नेछ। तर पूर्वाधार थप्न के भइरहेको छ भन्ने बारेमा उनले अनभिज्ञता व्यक्त गरे। 

‘अब गम्भीर अवस्था देखियो भने, पहिलेको जस्तो पालिकाहरुमा नै व्यवस्थापन हुन्छन्।’ उनले भने। कोरोनाको पहिलो चरणमा पनि स्थानीय पालिकाहरुले आफ्नै ठाउँमा क्वारेन्टिन र आइसोलेसनहरु निर्माण गरेका थिए र आफ्नै खर्चमा शंकास्पद व्यक्तिहरुलाई व्यवस्थापन गरेका थिए।

त्यसो त धौलागिरी अस्पतालमा मंगलबार मात्रै कोरोना परीक्षण गर्ने प्रयोगशाला निर्माण भएको छ। तर त्यो प्रयोगमा भने नआइसकेको अस्पतालले जनाएको छ। यसबाहेक गण्डकी प्रदेशमा पूर्वाधार, संरचना र उपकरण थप्ने कुनै काम भएको पाइएको छैन। 

यता प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र पोखराका संयोजक नवराज शर्माले कोरोना संक्रमण अचम्म पार्ने तरिकाले बढेको भन्दै पूर्वाधार बढाउने काम भइरहेको दाबी गरे। ‘पूर्वाधार थप्ने र अझै व्यवस्थापन गर्ने काम भइरहेको छ, यस सम्बन्धमा सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय भइरहेको छ।’ शर्माले भने। 

पछिल्लो समय तीप्र गतिमा कोरोना संक्रमितको संख्या बढिरहेको र यसको व्यवस्थापन र उपचारका लागि पूर्वाधार पहिलेकै जस्तो रहेकोप्रति सम्बन्धित सरोकारवालाहरु चिन्ता व्यक्त गर्छन्। ‘कोरोनाको पहिलो चरणमा सस्तो लोकप्रियताको खेती धेरै देखियो, अब साँच्चै गम्भीर हुने बेलामा चाँहि कमजोर तयारी छ।’ जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थाका अधिकारीले भने, ‘तयारी र व्यवस्थापनमा प्रदेशको प्रयास हेर्दा दयनीय देखियो, यस्तो पाराले अहिलेको महामारीमा पार लगाउन सकिन्न।’

कोरोना संक्रमणको पहिलो चरणमा गरिएको लकडाउनमा पोखराका होटल व्यवसायी तथा विद्यालयहरुले कोरोना संक्रमितलाई राख्ने क्वारेन्टिन तथा आइसोलेसन बनाउन आफ्ना भवनहरु दिने घोषणा गरेका थिए। तर ती प्रयोगमा नै आएनन्। तर अहिले दैनिक संक्रमित बढिरहँदा भने प्रदेश स्वास्थ्य निर्देशनालयको तयारी कछुवा गतिमा छ।

प्रकाशित: Apr 21, 2021| 14:33 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।