शुक्रबार, भदौ १२, २०८३

ओली र नेपालबीचको वार्ता सकारात्मक !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच लामो समयपछि वार्ता भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच लामो समयपछि वार्ता भएको छ।

काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा भएको करिब २ घण्टा लामो वार्तामा के के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन।

तर छलफलमा सहभागी अन्य नेताहरुले दुई नेताबीचको वार्ता सकारात्मक भएको बताएका छन्। वार्तापछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिएकाले वार्ता सकारात्मक भएको हुन सक्ने बताए।

वार्ताबाट बाहिरिएका दुवै नेताले कुनै प्रतिक्रिया भने दिएनन्। नेता नेपालले ‘साथीहरुसँग’ छलफल गरेपछि प्रतिक्रिया दिने बताएका छन्।

विधानविपरीत ओलीले पार्टी कब्जा गरेको आरोप नेपाल पक्षले लगाउँदै आएको छ। नेपाल पक्षमाथि भने पार्टी विभाजन गर्ने उद्देश्यले काम गर्न थालेको आरोप ओली पक्षले लगाउँदै आएको छ। 

बुधबार मात्र ओलीले फागुन २८ पछि गरेका सबै काम खारेज गर्न माग गर्दै नेपाल पक्ष सर्वोच्च पुगेको थियो। तर उसले दायर गरेको रिट भने दर्ता भएको छैन। 

बुधबार दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले ओलीसँग भेट गरी वार्ताबाट अघि बढ्न सुझाव दिएका थिए।
लामो समयको रस्साकस्सीपछि भएको ओली र नेपालबीचको वार्तालाई महत्वका साथ हेरिएको छ।

प्रकाशित: Apr 21, 2021| 14:18 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।