शुक्रबार, भदौ १२, २०८३

नवलपरासीमा एकै ठाउँमा ६७ वटा गिद्ध मृत फेला 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा विश्वकै लोपउन्मुख पंक्षी गिद्धको ठूलो बथान नै मृत फेला परेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

बुटवल- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा विश्वकै लोपउन्मुख पंक्षी गिद्धको ठूलो बथान नै मृत फेला परेको छ।

रामग्राम नगरपालिका वडा ४ जितपुरमा ६७ वटा गिद्ध मृत फेला परेका हुन्। स्थानीयका अनुसार ६८ वटा गिद्धमध्ये ६७ वटा गिद्धको आहार लिएको केहीबेरमै मृत्यु भएको छ। एउटा गिद्ध भने बिरामी अवस्थामा फेला परेको छ। बिरामी गिद्धको उपचार भइरहेको छ। नेपाल पंक्षी संरक्षण संघको टोलीले गिद्धको मृत्युको कारणबारे अनुसन्धान गर्न घटनास्थल पुगेको छ। स्थानीयका अनुसार उक्त क्षेत्रमा मारेर फालिएको कुकुरको सिनो खान गिद्धको समूह त्यहाँ पुगेको थियो। 

स्थानीयका अनुसार जितपुरका एक व्यक्तिले एउटा कुकुरलाई विष खुवाएर मारेर फालेका थिए। विषले कुकुरको खाएकै कारण गिद्धमा फुड पोईजन भएर गिद्धको मृत्यु भएको प्रारम्भिक अनुसन्धान फेला परेको नेपाल पंक्षी संरक्षण संघका प्रतिनिधि देउबहादुर रानाले बताए। उनका अनुसार यति ठूलो संख्यामा एकैपटक विरलै गिद्धको मृत्यु हुने गरेको थियो। 

संरक्षण गर्नुपर्ने लोपोन्मुख गिद्धको लस्करै मरेको दृश्यले पंक्षी संरक्षणमा लाग्ने जो कोहीको मन विरक्त हुन्छ। मंगलबार दिउँसो ३ बजेको समयमा ती गिद्धहरु सिनो खाएर अचानक विरामी भएर धमाधम मर्न थालको स्थानीयलाई उदृत गर्दै पंक्षी संरक्षणकर्मी रानाले बताए।

गिद्ध बिरामी भए पनि तुरुन्तै उपचार पाएको भए बचाउन सकिने संरक्षकर्मीहरु बताउछन्। लोपउन्मूख गिद्धको मृत्यूले ठूलो क्षति पुगेको बताइएको छ। मृत्यू भएकामा अतिसंकटापन्न गिद्ध ३१ वटा, सानो खैरो अतिसंकटापन्न गिद्ध एउटा, हिमाली संकटापन्न ३३ र राजगिद्ध संरक्षित २ वटा छन्। 

मृतक गिद्धलाई एकै ठाउँमा संकलन गरिएको छ। मृतक गिद्धहरुको पोष्ट मार्टम गर्न राष्ट्रिय निकुञ्ज चितवनको चिकित्सक टोलीसहित घटनास्थलमा पुगेको छ। विषादी दिएर कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिकोसमेत खोजी कार्य भैरहेको प्रशासनले जनाएको छ।

प्रकाशित: Apr 21, 2021| 13:22 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।