शुक्रबार, भदौ १२, २०८३

ओली र नेपालबीच वार्ता सुरु

सत्तारुढ दल नेकपा (एमाले)भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- सत्तारुढ दल नेकपा (एमाले)भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ।

बुधबार साँझ नागपोखरीस्थित होटल मेरियटमा अर्थमन्त्री विष्णु पौडेलसहित वार्ता सुरु भएको हो। 

वार्ता पौने ६ बजेदेखि सुरु भएको नेपाल पक्षका एक नेताले जानकारी दिए। पार्टीमा देखिएका पछिल्ला विवादहरूका विषयमा वार्तामा छलफल हुने बताइएको छ। 

विधान विपरीत ओलीले पार्टी कब्जा गरेको आरोप नेपाल पक्षले लगाउँदै आएको छ। नेपाल पक्षमाथि भने पार्टी विभाजन गर्ने उद्देश्यले काम गर्न थालेको आरोप ओली पक्षले लगाउँदै आएको छ। 

बुधबार मात्र ओलीले फागुन २८ पछि गरेका सबै काम खारेज गर्न माग गर्दै नेपाल पक्ष सर्वोच्च पुगेको थियो। तर उसले दायर गरेको रिट भने दर्ता भएको छैन। 

बुधबार दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले ओलीसँग भेट गरी वार्ताबाट अघि बढ्न सुझाव दिएका थिए।

प्रकाशित: Apr 21, 2021| 12:19 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।