शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीका गतिविधि रोक्न माग गर्दै नेपाल-खनाल पक्ष सर्वोच्चमा

ओलीका गतिविधि रोक्न माग गर्दै नेपाल-खनाल पक्ष सर्वोच्चमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेका विधानविपरीतका काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्। 
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेका विधानविपरीतका काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्। 

फागुन २८ गते र त्यसयताका काम/कारबाही रोक्न माग गर्दै सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशसमेतको आदेश जारी गर्न माग गर्दै रिट निवेदन पेस गरिएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र  घनश्याम भुसालले एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट पेस गरेका हुन्। 

‘हामी चाँहि कम्युनिस्ट पार्टी निर्माण गर्दै आएका मानिस हौं। कोर्डिनेसन केन्द्र, माले, एमाले बनाउँदै आएका मानिस हौं। जननेता मदन भण्डारीको जबज सिद्धान्त मानेर आएका मानिस हौं। केही दिन अगाडि हामी ४ जना माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट हटाउने ढंगको कोशिस गरिएको छ,’ सर्वोच्चमा पेस गरिएको निवेदनमा भनिएको छ। अहिले आएर पार्टीको विधान, नियमावली, सम्पूर्ण कुरा कुल्चेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले काम गरेको उनीहरुको दाबी छ। 

‘सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादीबीचको एकीतालाई  अस्वीकार गरी नेकपा एमालेमा नै फर्कायो। हामी नेकपा एमालेमा नै छौं। एमालेलाई मान्दामान्दै अहिले पार्टी अध्यक्षले फागुन २८ गते हामी कसैलाई पनि जानकारी नदिई बैठक गरेको भनेर घोषणा गरे,’ निवेदनको व्यहोरा उल्लेख गर्दै नेता पाण्डेले भने,‘कथित बैठकबाट विधान संशोधन गरेर महाधिवेशन आयोजक कमिटी समेत बनाई पदाधिकारीसमेत रहेका हामीलाई हटाएर विधानमा नभएका काम गरिएको छ।’ ओली संविधान र  पार्टीको विधानविपरीत गएको भन्दै उनका कारबाही खारेज गर्न माग गरिएको छ।

नेपाल-खनाल पक्षले सर्वोच्चमा रिट निवेदन पेस गरेपनि समय अभावका कारण दर्ता हुने नसकेको र निवेदनमाथि अध्ययन भइरहेको सर्वोच्चले जानकारी दिएको छ। 

प्रकाशित: Apr 21, 2021| 11:38 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।