शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौसम प्रभावित खेलमा बराबरीसँगै बाहिरियो मलेसिया, नेपाल र नेदरल्यान्ड्स फाइनलमा

मौसम प्रभावित खेलमा बराबरीसँगै बाहिरियो मलेसिया, नेपाल र नेदरल्यान्ड्स फाइनलमा

मौसमको खराबीका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्डले प्रतिस्पर्धात्मक लक्ष्य पेस गर्‍यो। खेलको पहिलो पारीमा ७ ओभर छोट्याइएको खेलमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले १०७ रन बनाएको थियो।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– त्रिवि मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत बुधबार सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको मलेसियाले १०८ रनको प्रतिस्पिर्धी लक्ष्य पाएको थियो।

मौसमको खराबीका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्डले प्रतिस्पर्धात्मक लक्ष्य पेस गर्‍यो। खेलको पहिलो पारीमा ७ ओभर छोट्याइएको खेलमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले १०७ रन बनाएको थियो।

मलेसियाको जवाफी ब्याटिङका दौरान पुनः मौसम खराब भएपछि खेल १० ओभरमा छोट्याइएको थियो भने लक्ष्यलाई ९२ रनमा झारिएको थियो।

सो लक्ष्य पूरा गर्ने क्रममा मलेसियाले चार विकेट गुमाएर एक रनले चुकेपछि खेल बराबरीमा रोकियो। यससँगै दुवै टिमले १–१ अंक बाँडे। नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुगेका छन् भने मलेसिया लिग चरणबाटै बाहिरिएको छ।

बुधबारको खेलमा नेदरल्यान्डसका लागि बेन कुपरले अविजित ५४ रन बनाए भने पिइटर सिलरले ३७ रन जोडे। त्यस्तै एन्टोनियसले पाँच बलमा १० रन जोडे।

मलेसियाका लागि मोहम्मद वाफिकले २ विकेट लिए भने प्रविनदीप सिंह र विरन्दीप सिंहले समान १–१ विकेट लिएका थिए। ९२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाका सेयद अजिजले ३० रन बनाए भने अन्वर अरुद्धिनले २३ रन जोडे। त्यस्तै विरनदीप सिंहले १४ र अमरुद्दीन समलीले ९ रन बनाए।

नेदरल्यान्डका लागि सेबास्टियन ब्राटले दुई विकेट गिराउँदा बास डी लिड र विवन किङले समान एकएक विकेट लिए। यससँगै नेदरल्यान्डको ५, नेपालको ४ र मलेसियाको १ अंक भएको छ। लिग चरणअन्तर्गत भोलिको अन्तिम खेलमा नेपालले मलेसियासँग भिड्नेछ।

प्रकाशित: Apr 21, 2021| 11:04 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।