शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २३ सय ५१ जना संक्रमित थपिए, उपत्यकामा एक हजार ५१ जनालाई संक्रमण

२३ सय ५१ जना संक्रमित थपिए, उपत्यकामा एक हजार ५१ जनालाई संक्रमण

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३५१ जनामा कोरोना संक्रमण भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३५१ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा २८७ जनालाई निको भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार २२० जना र ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जना गरी दुई हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी एक हजार ५१ जना संक्रमित थपिएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ। क्वारेन्टिनमा ८६ जना छन्। आईसीयूमा १८० र भेन्टिलेटरमा ४७ जना उपचाररत छन्।

प्रकाशित: Apr 21, 2021| 11:04 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।