शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्पष्टीकरण सोधिएका योगेश भट्टराईले प्रधानमन्त्रीलाई भेटे

स्पष्टीकरण सोधिएका योगेश भट्टराईले प्रधानमन्त्रीलाई भेटे

नेकपा एमालेको खनाल–नेपाल पक्षीय नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- नेकपा एमालेको खनाल–नेपाल पक्षीय नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

पार्टी अध्यक्षसमेत रहेका ओलीले स्पष्टीकरण सोधेको भोलिपल्ट भट्टराईले बुधबार बालुवाटारमै पुगेर भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेता भट्टराई प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले स्पष्टीकरण सोधिएका अन्य केही सांसदहरुले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेको जानकारी दिएका छन्।

भेटका क्रममा के विषयमा छलफल भयो भन्नेबारे भने केही सार्वजनिक गरिएको छैन। एमाले अध्यक्ष ओलीले मंगलबार खनाल–नेपाल समूहमा रहेका २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।

प्रकाशित: Apr 21, 2021| 10:17 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।