काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त बिदाइ कार्यक्रममा रोक लगाइएको छ।
विमानस्थल कार्यालयले कोभिड १९ संक्रमणबाट जोगिनका लागि सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।
‘विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएकाले अत्यावश्क अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गरिदिन हुन अनुरोध गरिन्छ’ सूचनामा उल्लेख गरिएको छ।
विमानस्थलमा आवतजावत गर्दा कोभिड १९बाट जोगिनका लागि सरकारले निर्धारण गरेका स्वास्थ मापदण्ड पालना गर्न विमानस्थल कार्यालयले अनुरोध गरेको छ।
मास्क प्रयोग गर्ने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका मापदण्ड अपनाउन विमानस्थल कार्यालयको सूचनामा उल्लेख गरिएको छ।