शुक्रबार, भदौ १२, २०८३

अख्तियारले अब स्टिङ अपरेसन गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेसनसम्बन्धी नियम बदर गरिदिएको हो।

बुधबारको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावलीको नियम ३० बदर गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावली, २०५९ को नियम ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, ३०४८ को दफा ३७ लगायत सिद्धान्तसँग बाझिएको ठहर गरेको छ।

अख्तियारले गर्ने स्टिङ अपरेसनविरुद्धको रिटमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणासहित संलग्न संवैधानिक इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो। आदेशको पूर्णपाठ आउन बाँकी छ।

प्रकाशित: Apr 21, 2021| 09:00 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।