शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजस्वका तत्कालीन महानिर्देशक शर्मालाई सात दिनभित्र अख्तियारमा हाजिर हुन पत्राचार

राजस्वका तत्कालीन महानिर्देशक शर्मालाई सात दिनभित्र अख्तियारमा हाजिर हुन पत्राचार

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ। 
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ। 

अख्तियारले बुधबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आयोगको टंगालस्थित कार्यालयको ११४ नम्बर कोठामा सम्पर्क राख्न हुनुहोला।’

उपस्थित नभएमा कानुनबमोजिम भइजाने व्यहोरासमेत अख्तियारको सूचनामा उल्लेख छ। कर फर्स्याेटका लागि सम्झौता भएका विभिन्न करदातासँग गैरकानुनी तवरबाट कर फर्स्याेट सम्झौता गरी राज्यलाई ठूलो आर्थिक हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्न अख्तियारले पत्र काटेको हो।

उनीमाथि सुनसरीको प्रमुख जिल्ला अधिकारी भएका बेला करोडौं रुपैयाँ लिएर सुगम ग्यासका मालिक शिव घिमिरेलाई उन्मुक्ति दिई सिल काटिएका ग्यास बिक्रीलाई वैधानिकता दिएको आरोप छ। 

त्यस्तै शर्मा एनसेलको लाभकर छली प्रकरणमा पनि जोडिएका छन्। टेलियासोनरासँग आकर्षक डिल गरेर आयकर नलिई उन्मुक्ति दिलाएको आरोप उनीमाथि छ। 

शर्माविरुद्ध अख्तियारले कर फस्र्योट आयोगमा सदस्यसचिव रहँदा एक अर्ब राजस्व हिनामिना गरेको अभियोगपत्र दायर गरेको थियो। त्यस मुद्दामा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। 

त्यसपछि अख्तियारले परिवारको नाममा सम्पत्ति लुकाएको भन्दै अर्को मुद्दा दर्ता गरेको थियो। शर्मामाथि ४५ वटा करदाताको बक्यौता मिनाहा गरेको लगायतको आरोप लागेको छ। शर्मामाथि अकुत सम्पत्ति जोडेको आारोप पनि छ। मुद्दा लागेपछि उनी निलम्बनमा छन्।

प्रकाशित: Apr 21, 2021| 09:00 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।