शुक्रबार, भदौ १२, २०८३

भोलि उल्का वर्षा हुने, साथ देला मौसमले ?

मौसमले साथ दिएको खण्डमा भोलि बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– मौसमले साथ दिएको खण्डमा भोलि बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अनुसार वैशाख ३ देखि सक्रिय भएको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १७ गतेसम्म सक्रिय रहनेछ।

वैशाख ९ गते राति ११ बजेदेखि ११ गते सूर्योदयसम्मको समयमा उल्का वर्षा देख्न सकिनेछ। अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने नासोले जनाएको छ।

थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा उल्का वर्षा देखिने नासोका अध्यक्ष सुरेश भट्टराई बताउँछन्। थ्याचर पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँछ।

पुच्छ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन्।

यसरी फैलिएका धूलोका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन्, तब उल्का देखिन्छ।

यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने  गरिन्छ।

प्रकाशित: Apr 21, 2021| 08:36 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।