शुक्रबार, भदौ १२, २०८३

एमाले नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक सुरु

एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक राजधानीको बुद्धनगरमा सुरु भएको छ। 
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक राजधानीको बुद्धनगरमा सुरु भएको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता नेपालसहित उनी निकटका नेताहरूलाई सोधेको स्पष्टीकरणको जबाफ दिने विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिए।

नेपाल पक्षले  स्पष्टीकरण आजै बुझाउने तयारी गरेको छ। यसैगरी ओलीले सर्वोच्च अदालतको आदेश विपरीत गतिविधि गरेको आरोपमा अदालत जाने तयारीमा नेपाल समूह छ। बैठकमा अदालत जाने विषयमा पनि छलफल हुने ती नेताले बताए।

नेपालसहितका केही नेतालाई दुई दिनभित्र र सांसदलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै वैशाख ६ गतेको मिति राखेर मंगलबार स्पष्टीकरण पठाइएको थियो। 

‘हामी तोकिएको समयमा नै स्पष्टीकरण बुझाउने तयारी गरिरहेका छौं, आज नै पठाउने भनेर छलफल र स्पष्टीकरण तयार गरिरहेका छौं,’ एक नेताले भने।

प्रकाशित: Apr 21, 2021| 08:13 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।