शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनको लोभ देखाएर भारत लैजान खोज्दै गर्दा विराटनगरकी युवतीको उद्धार

सुनको लोभ देखाएर भारत लैजान खोज्दै गर्दा विराटनगरकी युवतीको उद्धार

सुनलगायत बहुमूल्य धातुको लोभ देखाउँदै भारत लैजान खोजिएकी विराटनगरकी एक युवतीलाई तीन महिनापछि प्रहरीले उद्धार गरेको छ। 
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

विराटनगर– सुनलगायत बहुमूल्य धातुको लोभ देखाउँदै भारत लैजान खोजिएकी विराटनगरकी एक युवतीलाई तीन महिनापछि प्रहरीले उद्धार गरेको छ। 

मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीले कञ्चनपुरबाट सकुशल उद्धार गरेर युवतीलाई मंगलबार साँझ विराटनगर ल्याएको हो। प्रहरीका अनुसार घरपरिवारमा समेत सुन, चाँदीलगायतका बहुमूल्य धातुको लोभ देखाउँदै धनी बन्ने सपना बाँडेर तीन महिनासम्म आफ्नो कब्जामा राख्दै विराटनगर महानगरपालिका–४ की २४ वर्षीया युवतीलाई भारत कटाउन खोजिएको पुष्टि भएको छ। 

युवतीलाई विराटनगर महानगरपालिका–१९ का २५ वर्षीय दिनेश मण्डलले भारत लैजान खोजेका हुन्। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार अभिभावकलाई नै प्रलोभनमा पार्दै मण्डलले युवतीलाई गत माघ १० गते विराटनगरबाट लिएर हिँडेका थिए।

घटना अनुसार टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै युवती र उनका अभिभावकसँग भेट गर्न मण्डल माघ ८ गते घरमै पुगेका थिए। उनले विराटनगरकै एउटा ज्वेलर्स (सुनचाँदी पसल) बाट ५० हजार रुपैयाँमा सुन किनेर लग्दै युवतीको घर परिसरमा जमिनमुनी गाडेको पुष्टि भएको खड्काको भनाइ छ। 

टुनामुना गर्ने भन्दै विभिन्न गतिविधि गरी त्यही सुन निकालेर देखाएकाले परिवारका सदस्य र आफन्त पनि विश्वासमा परेको पाइएको खड्काको भनाइ छ। अझै धेरै सुन, चाँदी लगायतका बहुमूल्य धातु निकालेर धनी बन्न सकिने भन्दै साथमा युवतीलाई लिएर हिँडेका मण्डल सम्पर्कविहीन बनेपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए।

लामो समयको अध्ययन एवं अनुसन्धानपछि युवतीलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो। विराटनगर ल्याइएकी युवती भने मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन्। उनी कसैलाई केही पनि कुरा भन्न सक्ने अवस्थामा नरहेकाले थप ‘काउन्सिलिङ’ गर्दै घटनाका बारेमा बुझ्ने र वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी खड्काले दिए।

प्रहरीले मण्डललाई पनि पक्राउ गरेर हिरासतमा लिँदै घटनाका बारेमा अनुसन्धान थालेको छ। तीन महिनासम्म आफ्नो कब्जामा राखेर युवतीलाई उनले कञ्चनपुर हुँदै भारतको वनवासातिर पुर्याउन खोजेको पुष्टि भएको एसपी खड्काको भनाइ छ। प्रहरीका अनुसार अनुसन्धानबाट मण्डल र युवतीबीच त्यसअघि कुनै पनि सम्पर्क एवं सम्बन्ध स्थापित भएको देखिँदैन।

परिवार र युवतीसँग पनि चिनजान नभएको पाइएको छ। त्यस कारण बेचबिखन एवं कुनै गलत नियत राखेर युवतीलाई भारत लैजाने प्रयास गरिएको आशंका प्रहरीले गरेको छ। एसपी खड्काले घटनालाई कानुनी रुपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने बारेमा गहिरो ढंगले अनुसन्धान थालिएको जानकारी दिए। 

प्रकाशित: Apr 21, 2021| 08:10 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।