शुक्रबार, भदौ १२, २०८३

ओलीविरुद्ध अदालत जाने तयारीमा माधव–झलनाथ पक्ष

ओलीले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाविराेधी गतिविधि गरेको आरोप लगाउँदै नेपाल–खनाल समूहले अदालत जाने तयारी गरेको हो।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– सत्तारुढ नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालत जाने भएको छ। 

अध्यक्ष ओलीले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाविराेधी गतिविधि गरेको आरोप लगाउँदै नेपाल–खनाल समूहले अदालत जाने तयारी गरेको हो।

अदालतले फागुन २३ मा नेकपा खारेज गर्दै एमालेलाई ०७५ जेठ २ कै अवस्थामा फर्काएको थियो। 

‘अध्यक्ष ओलीले अदालतको आदेशको अवहेलना गरिरहनुभएको छ,’ नेपाल–खनाल समूहका एक नेताले भने, ‘त्यसविरुद्ध हामी अदालत जान लागेका हौं।’ यसबारे कानुनी व्यवसायीसित छलफल भइरहेको उनले बताए।

नेपाल–खनाल पक्षले अदालतको आदेशअनुसार पार्टी एकीकरण हुनुपूर्वको अवस्थामा फर्किनुपर्ने बताउँदै आएको छ।
अध्यक्ष ओलीले मंगलबार नेताहरूलाई स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्ष झनै आक्रोशित बनेको छ।

नेतृ रामकुमारी झाँक्रीले पनि राजनीति र कानुनी लडाइँ लड्ने बताएकी छन्।

प्रकाशित: Apr 21, 2021| 07:57 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।