शुक्रबार, भदौ १२, २०८३

कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेव यादवलाई नियुक्त गरेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेव यादवलाई नियुक्त गरेको छ।

आज बुधबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यादवलाई जिम्मेवारी दिएको हो। 

समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि यादवले सो जिम्मेवारी पाएका हुन्। यादव  पूर्वमहान्यायाधिवक्ता हुन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेलले समितिको संयोजकमा समितिकै सदस्य गोपालकृष्ण घिमिरेलाई नियुक्त गर्नुपर्ने अडान राखेका थिए। तर, पदाधिकारी बैठकमा यादवको नाममा सहमति जुटेको छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रकाशित: Apr 21, 2021| 07:26 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।