जनकपुरधाम - कोरोना महामारीको त्रास फेरी फैलिएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पछिल्लो वर्ष झैं यस वर्ष पनि जनकपुरधामका महत्वपूर्ण पर्वहरू प्रभावित भएका छन्।
कोरोना संक्रमणको त्रास नभएको भए जनकपुरधाममा आजको दिन लाखौं श्रद्धालुहरूको घुइँचो लाग्ने थियो। तर, कोरोनाको दोस्रो लहर फेरी सुरु भई सकेकाले जनकपुरधामको चैतै दसैं र राम नवमी प्रभावित भएको छ।
हुन त जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा चैते दसैं जारी छ। मन्दिरलाई सजाइएको छ। पूजा पनि प्रत्येक दिन हुन्छ। तर, दर्शनका श्रद्धालु पुग्नेगरेका छैनन्। मन्दिरमा पूजारी र पूरोहित मात्रै हुन्छन्।
वर्षौंदेखिको परम्परा कसरी तोड्न नसकेर पूजा जारिरहेको राजदेवी मन्दिरका महन्थ राम गिरीले बताए। गंगासागर पोखरीको डिलको उत्तर दक्षिण क्षेत्रमा पनि चैते दसैंको आयोजन गरिएको छ। त्यहाँ पनि दर्शनार्थी पुगेका छैनन्। कोरोना प्रभावले जनकपुरको रामनवमी पर्व सुन्यजस्तै बनेको छ।
