आइतबार, असोज ११, २०८३

सुनको मूल्य तोलामा १३ सय बढ्यो

नेपाली बजारमा सुनको मूल्यमा एकैदिन भारी वृद्धि भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा एकैदिन भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेको हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको रहेको महासंघले जानकारी दिएको छ।

तेजावी सुनको मूल्य भने प्रतितेला ९१ जहार ५०० रुपैयाँ छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ थियो।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ।

प्रकाशित: Apr 21, 2021| 06:40 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्