शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले मागेको स्पष्टीकरणको जवाफ आजै बुझाउँदै नेपाल पक्ष

ओलीले मागेको स्पष्टीकरणको जवाफ आजै बुझाउँदै नेपाल पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालसहित उनी निकटका नेताहरूलाई सोधेको स्पष्टीकरणको जवाफ माधव पक्षले आजै बुझाउने तयारी गरेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालसहित उनी निकटका नेताहरूलाई सोधेको स्पष्टीकरणको जवाफ माधव पक्षले आजै बुझाउने तयारी गरेको छ।

नेता माधवकुमार नेपालसहितका केही नेताहरूलाई दुईदिन भित्र र सांसदहरूलाई तीनदिन भित्र स्पष्टीकरण बुझाउन भन्दै बैशाख ६ गतेको मिति राखेर मंगलबार स्पष्टीकरण पठाइएको थियो। 

‘हामी तोकिएको समयमा नै स्पष्टीकरण बुझाउने तयारी गरिरहेका छौं, आज नै पठाउने भनेर छलफल र स्पष्टीकरण तयार गरिरहेका छौं,’ एक नेताले भने। 

अध्यक्ष केपी ओलीले मंगलबार माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई २ दिनको समय दिएर र अन्य २७ जनालाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका छन्। चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने र कडा कारबाही गर्ने चेतावनी ओलीले दिएका छन्। 

ओलीले स्पष्टीकरण सोधेपछि मंगलबार नेता नेपालसहितका सांसदहरूले आन्तरिक छलफल गरेका थिए। छलफलमा ओलीले तोकेको समयभित्रमा नै स्पष्टीकरण दिने र पार्टीभित्र नै रहेर ओलीको कदमविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेका थिए। 

माधव–झलनाथ पक्षले राजनीतिक र कानुनी रुपमा नेकपा एमालेभित्र नै रहेर लडाइ लड्ने बताइरहेको छ। ओलीले भने एकपछि अर्को निर्णय गर्दै माधव झलनाथ पक्षका नेताहरूमाथी कारबाही गर्दै आएका छन्। 

माधव झलनाथ पक्षले २०७७ फागुन २८ गतेको निर्णय नै पार्टीको फुटको बिन्दु रहेको निष्कर्ष निकालिसकेको छ।

प्रकाशित: Apr 21, 2021| 05:30 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।