काठमाडौं - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
मंगलबारदेखि सुरु भएको स्थायी कमिटी आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाइएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेछन् भने स्थायी कमिटी सदस्यहरूले समसामयिक विषयमा रिपोर्टिङ गर्ने बताइएको छ। बैठकमा पार्टीको विधान संशोधन संशोधन, वर्तमान सरकारलाई दिएको समर्थनलगायत विषयमा पनि छलफल हुने छ।
