काठमाडौं - जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली र अन्य प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको हुने छ। देशका धेरै स्थानहरुमा तुवाँलो लाग्ने महाशाखाको भनाइ छ।
हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
