आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैशाख २७ भित्र कतारी रियाल साटिसक्न राष्ट्र बैंकको आग्रह

वैशाख २७ भित्र कतारी रियाल साटिसक्न राष्ट्र बैंकको आग्रह

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ। 
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेसम्ममा नेपालमा भएका सबै कतारी रियाल साटिसक्न आग्रह गरेको छ। कतारले नयाँ नोट प्रकाशनमा ल्याउन लागेको र पुराना नोटको कारोबार बन्द हुने भएकाले कतारी रियाल साट्नका लागि आग्रह गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

केन्द्रीय बैंकले सूचना प्रकाशित गर्दै वैशाख २७ पछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ। 

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ। सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो।

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ। 

प्रकाशित: Apr 20, 2021| 14:35 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्