शुक्रबार, भदौ १२, २०८३

दैनिक सय बालबालिकामा कोरोना संक्रमण

हरी क्षेत्रका शैक्षिक संस्थाहरु कोरोना संक्रमणको ‘हटस्पट’ बन्न थालेपछि भौतिक रुपमा पढाइ नगर्न सरकारले निर्देशन दिइसकेको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमााडौं– पछिल्लो समय सहरी क्षेत्रका शैक्षिक संस्थाहरु कोरोना संक्रमणको ‘हटस्पट’ बन्न थालेपछि भौतिक रुपमा पढाइ नगर्न सरकारले निर्देशन दिइसकेको छ। तीव्र गतिमा फैलने युके भेरिएन्टको असर बालबालिकालाई देखिन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार वैशाख १ गते यतामात्रै ६९५ जना बालबालिका संक्रमित भइसकेका छन्। हालसम्म २२ हजार ४०० भन्दा धेरै बालबालिका संक्रमित भएका छन् भने ४० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

वैशाख १ गते बुधबारको तथ्यांकअनुसार ९ वर्षसम्म उमेर समूहका २२ जना, १० देखि १९ वर्ष उमेरका ४८ जना संक्रमित थपिएका थिए। वैशाख २ गते बिहीबार ९ वर्ष उमेर समूहका १२ जना, १० देखि १९ वर्ष उमेर समूहका ४० जना, वैशाख ३ गते शुक्रबार ९ वर्ष उमेर समूहका १५ जना, १० देखि १९ वर्ष उमेर समूहका ६६ जना संक्रमित बालबालिका थिए।

वैशाख ४ गते शनिबार ९ वर्ष उमेर समूहका १७ जना, १० देखि १९ वर्ष उमेर समूहका ७२ जना र वैशाख ५ गते ९ वर्ष उमेर समूहका २१ जना, १० देखि १९ वर्ष उमेर समूहका ९१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै वैशाख ६ गते सोमबारको तथ्यांक ९ वर्ष उमेर समूहका २४ जना, १० देखि १९ वर्ष उमेर समूहका ७४ जना र वैशाख ७ गते ९ वर्ष उमेर समूहका ४३ जना, १० देखि १९ वर्ष उमेर समूहका १५० जनामा संक्रमण पुष्टि भएको छ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बालबालिकाहरु संक्रमित हुनु राम्रो संकेत नभएको बताउँछन्। पछिल्लो समय स्वास्थ्यका मापदण्डमा गरिएको हेलचेक्र्याइँ नै यसको परिणाम भएको उनको भनाइ छ। 

बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेलले पनि बालबालिकामा संक्रमण बढ्दै जानु घातक हुने बताए। बालबालिकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न नजान्ने तथा धेरै जानकारी नहुने भएकाले अभिभावकले विशेष ध्यान दिन चिकित्सक पौडेलको आग्रह छ। उनले भने, ‘बालबालिकाहरु मास्क लगाउन, सरसफाइका विषयमा चुक्न सक्छन्। त्यसैले अभिभावकले हरेक समय बालबालिकालाई सम्झाउनुपर्छ। साथै उनीहरुलाई भीडभाडमा जान रोक्नुपर्छ।’

बालबालिकालाई स्वास्थ्य समस्या देखिनासाथ स्वास्थ्य संस्थामा लैजान उनले आग्रह गरे। तीव्र गतिमा फैलने भनिएको युके भेरिएन्टका कारण बालबालिका संक्रमित हुने दर अझै बढ्नसक्ने चिकित्सकहरु बताउँछन्। 


 

प्रकाशित: Apr 20, 2021| 12:27 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।