शुक्रबार, भदौ १२, २०८३

निरन्तर बढ्दो छ संक्रमण, थप १७ सय ३६ जनामा कोरोना 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७३६ जनालाई संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– विगत तीनदेखि कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७३६ जनालाई संक्रमण पुष्टि भएको छ।

सोमबार  १२ सय ८१जनामा कोरोना संक्रमण भएको थियो भने आइतबार एक हजार ९६ जना संक्रमित थपिएका थिए। तीन दिनमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८ हजार ५५ जनाको पीसीआर र ६८३ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ७३६ जनालाई संक्रमण पुष्टि भएको हो। 

एक हजार ६६७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ६९ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ।  

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २५१ छ । हालसम्म २ लाख ७५ हजार ८०६ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ छ। 

पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन हजार १०२ पुगेको छ।

प्रकाशित: Apr 20, 2021| 12:09 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।