शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय तहको वित्तीय अनुशासन जोखिम मूल्यांकन गर्न कार्यविधि जारी

स्थानीय तहको वित्तीय अनुशासन जोखिम मूल्यांकन गर्न कार्यविधि जारी

सरकारले स्थानीय तह वित्तीय अनुशासन जोखिम मूल्यांकन कार्यविधि जारी गरेको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– सरकारले स्थानीय तह वित्तीय अनुशासन जोखिम मूल्यांकन कार्यविधि जारी गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सुशासन तथा जोखिम मूल्यांकन कार्यिविधि २०७७ कार्यान्वयनमा ल्याएको हो।

गाउँपालिका तथा नगरपालिकाहरुले वित्तीय सुशासन जोखिम मूल्यांकन गरी वित्तीय सुशासन अभिवृद्धि गर्नका लागि जारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार उक्त कार्यविधि गत चैत ३१मा मन्त्रीस्तरबाट स्वीकृत भइसकेको छ।

सार्वजनिक स्रोत साधनको प्रयोगबाट लक्षित वर्गको जीवनस्तरमा परिणामुखी सकारात्मक परिवर्तन आउन नसक्ने सम्भावनाको जोखिमलाई जनाउने कार्यविधिमा उल्लेख गरिएको छ।

कार्यविधि अनुसार योजना, बजेट, तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरिक्षण र राजश्व व्यवस्थापन लगायतका विषय क्षेत्रहरुको मूल्यांकन उक्त कार्यविधिको अधिनमा रही गर्न सकिने छ।

कार्यविधि अनुसार मूल्यांकन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिमार्फत गर्न सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: Apr 20, 2021| 11:53 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।