शुक्रबार, भदौ १२, २०८३

नेपाल पक्षका सबैले व्यक्तिगत रूपमै स्पष्टीकरण दिने

'उहाँ (केपी शर्मा ओली)विधान विपरीतका काम गरिरहनु भएको छ। ती कामको प्रतिवाद गरिरहेका छौँ। त्यही प्रतिवाद गरेकाले स्पष्टीकरण सोधिएको हो। हामीले स्पष्टीकरण दिन्छौँ,' उनले भनिन्, 'राजनीतिक लडाईं पनि जारी रहन्छ। व्यक्तिगत हिसाबमा नै यसको जवाफ पठाउँछौँ। तोकिएको अवधिमा नै स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ।'
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीले आफूहरूलाई व्यक्तिगत रूपमा नै सोधिएको स्पष्टीकरणको जवाफ पनि व्यक्तिगत रूपमा नै दिइने बताएकी छन्। माधवकुमार नेपाल पक्षले बोलाएको छलफलमा सहभागी भएकी झाक्रीले यस्तो बताएकी हुन्। 

'उहाँ (केपी शर्मा ओली)विधान विपरीतका काम गरिरहनु भएको छ। ती कामको प्रतिवाद गरिरहेका छौँ। त्यही प्रतिवाद गरेकाले स्पष्टीकरण सोधिएको हो। हामीले स्पष्टीकरण दिन्छौँ,' उनले भनिन्, 'राजनीतिक लडाईं पनि जारी रहन्छ। व्यक्तिगत हिसाबमा नै यसको जवाफ पठाउँछौँ। तोकिएको अवधिमा नै स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ।'

उनले आफूहरू नेकपा एमाले  नै भएर पार्टीमा संघर्ष जारी राख्ने समेत उल्लेख गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी काम जारी राखेकाले त्यसका विरुद्ध लडिरहने उनको भनाइ छ। 

प्रकाशित: Apr 20, 2021| 11:42 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।