आइतबार, असोज ११, २०८३

मध्य भोटेकोशी आयोजनालाई आईपीओका लागि अनुमति

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्नका  लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्नका लागि आइतबार अनुमति दिएको हो। 
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्नका  लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्नका लागि आइतबार अनुमति दिएको हो। 
 

अनुमति पाएसँगै कम्पनीले एक अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न पाउने छ। कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर आयोजना प्रभावित जिल्लाका नागरिकहरुका लागि निष्कासन गर्नेछ। 

त्यस्तै आम सर्वसाधारणका लागि भने कम्पनीले आफ्नो चुक्तापुँजीको १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्नेछ।

कम्पनीले नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिका लागि सम्झौता गरिसकेको छ। त्यस्तै सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने ग्लोवल आइएमई क्यापिटल रहेको कम्पनीले जनाएको छ। 

यसअघि कम्पनीले कर्मचारी सन्चयकोषका सन्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ। 

कम्पनीले १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिरहेको छ। 

प्रकाशित: Apr 20, 2021| 11:41 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्