शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली सरकार ढाल्न लागिपर्ने माओवादीको निर्णय, समर्थन भने कायमै

ओली सरकार ढाल्न लागिपर्ने माओवादीको निर्णय, समर्थन भने कायमै

नेकपा माओवादी (केन्द्र) केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन वार्ता र छलफल तीव्र बनाउने निर्णय गरेको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– नेकपा माओवादी (केन्द्र) केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन वार्ता र छलफल तीव्र बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज मंगलबार बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि लोकतन्त्र पक्षधरहरुसँग संवाद तीव्र बनाउने निर्णय गरेको हो।

बैठकपछि माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘ओली सरकारले संविधानविरुद्ध लोकतन्त्र कमजोर पार्ने काम गरिरहेको छ, नेपाली जनातको समृद्धिको सपनाविरुद्ध काम गरिरहेको छ, कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाउने काम गरिरहेको छ। बाह्य हस्तक्षेप निम्त्याएको छ। त्यसैले प्रतिगामी सरकार हटाएर लोकतन्त्र पक्षधरको सरकार बनाउन तीव्र रुपमा लाग्ने र छिटै निष्कर्षमा पुग्ने निर्णय भएको छ।’

सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय भने बैठकले नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने तय भएको छ। 
 

प्रकाशित: Apr 20, 2021| 10:57 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।