शुक्रबार, भदौ १२, २०८३

स्पष्टीकरण पत्र पाएपछि नेपाल पक्ष छलफलमा

नेकपा एमालेको केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं-  नेकपा एमालेको केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ। नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल पक्षका नेताहरू भेला भएर छलफल सुरु गरेका हुन्। 

माधवकुमार नेपालले आकस्मिक रूपमा आफूपक्षका नेताहरूलाई नयाँबानेश्वर बोलाएका थिए। 

माधवकुमार नेपालले छलफलमा बोलाएपछि आफूहरू छलफलमा जुटेको नेपाल पक्षका एक सांसदले जानकारी दिए।

ओलीले नेता नेपालसहित संघीय संसद्का २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई पत्र पठाएर स्पष्टीकरण सोधेका छन्। पत्रको जवाफ दिन केही नेताहरूलाई २ दिनको समय दिइएको छ भने केहीलाई ३ दिनको समय दिइएको छ। 
 

प्रकाशित: Apr 20, 2021| 09:42 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।