काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालले कर्णालीका सांसदहरूलाई भड्काएर आपराधिक गतिविधि गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधेको छ।
वरिष्ठ नेता नेपाललाई ओली पक्षले पठाएको पत्रमा पार्टीको संसदीय दल परित्याग गरेपनि पार्टी त्याग गरेको किन नभन्ने प्रष्ट पार्न भनिएको छ।
स्पष्टीकरण पेस गर्न ओली पक्षले नेपाललाई दुई दिनको समय दिएको छ।
ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरणका लागि पत्र पठाएको छ।
पत्रको पूर्णपाठ
