काठमाडौं- नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले जारी त्रिदेशीय टी-२० सिरिजमा लगातार तीन खेलमा अर्धशतक बनाएका छन्।
कुशलले मंगलबार नेदरल्यान्डस् विरुद्धको खेलमा ४२ बलमा ५० रन जोड्दै अर्धशतक पूरा गरेका हुन्। उनले अघिल्ला दुई खेलमा पनि अर्धशतकको योगदान दिएका थिए।
योसँगै जारी सिरिजमा लगातारका तीन खेलमा तीन अर्धशतक बनाउने पहिलो व्यक्ति कुशल बनेका छन्।
राष्ट्रिय टिमबाट डेब्यू खेलमै ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन बनाएका थिए।
