काठमाडौं- नेकपा (एमाले)को केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय सांसदहरूलाई छुट्टै राजनीतिक दल गठन गरेको भन्दै कारबाही किन गर्ने भनी स्पष्टीकरण सोधेको छ। पार्टीको नीतिविपरीत काम गरेकोकाले तीन दिन भित्र स्पष्टीकरण पेस गर्न समेत भनिएको छ।
ओली पक्षले कर्णालीका ५ सांसदलाई पनि स्पष्टीकरणका लागि पत्र पठाएको छ। नेपाल समयलाई प्राप्त मेटमणि चौधरीलाई पठाइएको पत्रमा पार्टी विरोधी गतिविधि बन्द गर्न भनिएको छ। यस्तै व्यहोराको पत्र सबै सांसदहरूलाई पठाइएको बताइएको छ।
यस्तो छ स्पष्टीकरण पत्रको व्यहोरा
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सबैलाई स्पष्टीकरण पत्र पठाइएको बताए। ´स्पष्टीकरण पत्र पठाएका छौँ,' उनले भने, `पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआएमा थप कारबाही अगाडि बढछ।´
बालुवाटारमा सोमबार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरणको लागि दुई दिनको समय दिने निर्णय गरेको थियो। उनीहरुलाई वैशाख १० गते बस्ने बैठकबाट कारबाही गर्ने तयारी गरिएको छ।
माधव नेपाल पक्षमा ३८ जना सांसद भएपनि अन्यका विषयमा भने स्पष्टीकरणका लागि कुनै तयारी नभएको उनको भनाइ छ।
नेकपा एमालेले कारबाहीका लागि तयार पारेको संघीय सांसदको नामावली
१) माधवकुमार नेपाल
२) भीम रावल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) पवित्रा निरौला
६) झपट रावल
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) झलनाथ खनाल
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) डा. दीपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री
कर्णाली प्रदेशका सांसदः
१) प्रकाश ज्वाला
२) नन्दसिंह बुढा
३) कुर्मराज शाही
४) अम्बरबहादुर थापा
५) देवी ओली
