शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालसहित २७ संघीय र कर्णालीका ५ सांसदसँग स्पष्टीकरण माग (नामावलीसहित)

माधव नेपालसहित २७ संघीय र कर्णालीका ५ सांसदसँग स्पष्टीकरण माग (नामावलीसहित)

नेपाल कम्युनिस्ट पार्टी (एमाले)लेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्पष्टीकरण पत्र पठाउन लागिएको जानकारी दिए।

´स्पष्टीकरण पत्र पठाउने तयारीमा छौँ। आजै पत्र पुग्छ,´ उनले भने, `पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआएमा थप कारबाही अगाडि बढछ।´

बालुवाटारमा सोमबार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरणको लागि दुई दिनको समय दिने निर्णय गरेको थियो। उनीहरुलाई वैशाख १० गते बस्ने बैठकबाट कारबाही गर्ने तयारी गरिएको छ।

माधव नेपाल पक्षमा ३८ जना सांसद भएपनि अन्यका विषयमा भने स्पष्टीकरणका लागि कुनै तयारी नभएको उनको भनाइ छ।

नेकपा एमालेले कारबाहीका लागि तयार पारेको संघीय सांसदको नामावली
१) माधवकुमार नेपाल
२) भीम रावल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) पवित्रा निरौला
६) झपट रावल
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) झलनाथ खनाल
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) डा. दीपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः 
१) प्रकाश ज्वाला
२) नन्दसिंह बुढा
३) कुर्मराज शाही
४) अम्बरबहादुर थापा
५) देवी ओली

प्रकाशित: Apr 20, 2021| 07:56 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।