शुक्रबार, भदौ १२, २०८३

टस जितेर ब्याटिङ् रोजेको नेपालले गुमायो पहिलो विकेट

त्रिभुवन विश्वविद्यालयको मैदानमा आज सुरु भएको नेपाल र नेदरल्यान्ड्सकाे खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको मैदानमा आज सुरु भएको नेपाल र नेदरल्यान्ड्सकाे खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।

पहिलो दुवै खेलमा पहिलो इनिङमा फिल्डिङ गरेको नेपालले आजको खेलमा भने ब्याटिङ गरिरहेको छ।

यससँगै पहिलो विकेटको रूपमा नेपालले आशिफ शेखलाई गुमाएको छ। उनी चार बल खेल्दै शून्य रनमा आउट भएका हुन्।

उनले यसअघिका दुुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पहिलो खेलमा ११६ रनको साझेदारी गरेको ओपनिङ जोडीले दोस्रो खेलमा पनि १०२ रनको साझेदारी गरेका थिए।

पहिलो दुई खेलमा ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट साझेदारी गरे पनि तेस्रो खेलमा नेदरल्यान्ड्सका भिभियन किंग्माले ओपनिङ जोडीलाई भत्काएका छन्।

प्रकाशित: Apr 20, 2021| 07:55 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।