काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पतीमा संक्रमण पुष्टि भएको उनको निजी सचिवले जानकारी दिएको छ।
