काठमाडौं - नेपाली बजारमा केही दिन यता उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट आएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य तीन सयले घटेर ९० हजार ७ सय निर्धारण गरिएको हो। सोमबार सुन प्रतितोलाको ९१ हजारमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर रहँदै आएको छ। चाँदी प्रतितोला एक हजार ३ सय कारोबार भइरहेको छ।