शनिबार, असोज १०, २०८३

काठमाडौं म्यारियट होटेल तेस्रो वर्षमा 

 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– अन्तर्राष्ट्रिय होटल काठमाडौं म्यारियट होटेलले सञ्चालनको दोस्रो वर्ष पूरा गरेको छ। होटलले अप्रिल १८ मा आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै होटेलको जनरल म्यानेजर फाबियन मार्टिनेजले म्यारियटको प्रतिबद्धता विज्ञहरुको प्रोटोकलसँग मेल खाने बताए। आफूहरुको होटेल सबै अतिथि र सहयोगीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न निरन्तर रुपमा सफल हुदै आएका बताए। महामारीको बेला पनि होटलले अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गरेको उनको भनाइ छ।

होटलले पछिल्लो पटक लेबनानी फूड फेस्टिबल गरेको थियो। होटलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ। यसको बाहिरी सेटिङ र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको राम्रो ठाउँ बनेको होटेलले जनाएको छ। 
 

प्रकाशित: Apr 20, 2021| 06:10 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्