शुक्रबार, भदौ १२, २०८३

मास्क नलगाउने ४४२ जनालाई जरिवाना

पर्सामा मास्क नलगाएर हिड्ने ४ सय ४२ जनालाई कारबाही गरिएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

पर्सा - पर्सामा मास्क नलगाएर हिड्ने ४ सय ४२ जनालाई कारबाही गरिएको छ। गत चैत २९ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साले गरेको निर्णय अनुसार नियम उलंघन गर्ने ४ सय ४२ जना बाट जरिवाना स्वरुप एक सय रुपयाँ असुल गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता प्रहलाद कार्कीका अनुसार मंगलबार विहानदेखि विभिन्न सार्वजनिक स्थानमा मास्क नलगाई हिड्ने ४ सय ४२ जनाबाट एकसयका दरले ४१ हजार २ सय रुपैयाँ राजश्व संकलन गरिएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको अर्को आदेश नआउन्जेलसम्म अहिलेकै निर्णय कायम राखिने प्रवक्ता कार्कीले बताए।

प्रकाशित: Apr 20, 2021| 04:07 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।