सेल्फी एक्स्पर्ट र लिडर ओप्पोले एआर-सेल्फी प्रतियोगीताका विजेतालाई पुरस्कार बाँडेको छ । कमलपोखरीको ग्राहक सेवा केन्द्रमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
कम्पनीको आधिकारिक टिमले निहारिका शर्मा, सुमित्रा लामा र युमिसा लामालाई विजयी घोषित गरेको थियो । विजेतालाई कम्पनीका तर्फबाट आकर्षक पुरस्कार प्रदान गरिएको छ ।
२१ मेदेखि सात दिनसम्म कम्पनीले आयोजना गरेको सामाजिक सञ्जालको सिरिज अन्तर्गत यो प्रतियोगिता सञ्चालन गरिएको थियो ।
कम्पनीका अनुसार, भर्खरै सार्वजनिक गरिएको ओप्पो एफ सेभेन सिरिजमा उपलब्ध एआर स्टिकरको प्रचारका लागी क्याम्पेन चलाइएको हो ।
पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यकारी अधिकृत बबीले उल्लेख्य सहभागिताका लागि सबैलाई धन्यवाद दिए । 'हामी सबै विजेतालाई बधाईका साथै आउँदा दिनहरुमा अझै रोचक र बृहत क्याम्पेन नेपालमा गरिने बताए ।
यसैगरी कम्पनीले सहभागीलाई एआर स्टिकर प्रयोग गरिएको तीनका आकर्षक सेल्फी पोस्ट ह्यासट्याग ओप्पो एफ सेभेनसहित कमेन्ट सेक्सनमा पोष्ट गर्न अनुरोध गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४