काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बैठक बस्ने छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। स्थायी कमिटी बैठक सोमबार बस्ने भनिए पनि नेताहरूको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको थियो।
